Tuesday, August 18, 2026
spot_img

देश र अर्थतन्त्रलाई शीरमा राखेर मौद्रिक नीति ल्याउँछौँ: गभर्नर अधिकारी

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देश र अर्थतन्त्रलाई शीरमा राखेर आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आज मौद्रिक नीतिको लागि सुझाव लिन आयोजना गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले देश र अर्थतन्त्रलाई शीरमा राखेर मौद्रिक नीति ल्याउने बताएका हुन् ।

उनले मौद्रिक नीतिमा आउने सबै व्यवस्था देशको हितमा नै हुने उल्लेख गरे । राष्ट्र बैंकले गठन गरेको मौद्रिक नीति सल्लाहकार कमिटीले पनि मौद्रिक नीतिको लागि काम गरिरहेको उनले बताए ।

मौद्रिक नीति कस्तो आउँछ भन्नेबारे केहि पनि सार्वजनिक नगरिने उनले बताए । अहिलेको अर्थतन्त्रको अवस्था, बाह्यक्षेत्रको अवस्था, महँगी दर  लगायतका अवस्था हेरेर मौद्रिक नीति आउने उनको भनाई थियो । सबै संघ संस्था र व्यक्तिबाट आएका सुझावलाई अध्ययन गरेर देश र अर्थतन्त्रलाई हित हुने व्यवस्थालाई मौद्रिक नीतिमा समावेश गरिने उनको भनाई थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img