spot_img

बैंकहरुको ‘स्ट्रेस टेस्ट’को नतिजा सार्वजनिक, १९ वाणिज्य बैंक ‘पुँजी पर्याप्तता’मा कमजोर

spot_img

नेपाल राष्ट्र बैंकले बैंकहरुको ‘स्ट्रेस टेस्ट’ अर्थात् दबाब परीक्षणको नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वित्तीय स्थायित्व प्रतिवेदन मार्फत  ‘स्ट्रेस टेस्ट’ को नतिजा सार्वजनिक गरेको छ ।

वर्तमानमा भन्दा फरक आर्थिक एबं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाव वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा वाहृय कारणले अर्थतन्त्रमा आउन सक्ने उतार चढावले कुनै पनि बैंक वा वित्तीय संस्थाको पूँजी, तरलता तथा आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।

२०८० असार मसान्तको तथ्यांक अनुसार राष्ट्र बैंकले ‘स्ट्रेस टेस्ट’को नतिजा सार्वजनिक गरेको हो । ‘क्रेडिट सक’को नतिजा अनुसार २० मध्ये १९ वाणिज्य बैंक पुँजी पर्याप्तमा कमजोर देखिएका छन् । १९ वाणिज्य बैंकको पुँजीगत पर्याप्त अनुपात अनिवार्य ११ प्रतिशत भन्दा कम हुने प्रतिवेदनमा उल्लेख छ ।

क्रेडिट सकको नतिजा अनुसार बैंकहरुको १५ प्रतिशत पर्फर्मिङ ऋण सब स्ट्याण्डर्डमा झरेको छ भने १५ प्रतिशत सब स्ट्याण्डर्ड ऋण डाउटफुल ऋणमा झरेको छ । त्यस्तै २५ प्रतिशत डाउटफुल ऋण ‘लस लोन’ मा झरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...