Friday, November 14, 2025
spot_img

बैंकहरुको ‘स्ट्रेस टेस्ट’को नतिजा सार्वजनिक, १९ वाणिज्य बैंक ‘पुँजी पर्याप्तता’मा कमजोर

spot_img

नेपाल राष्ट्र बैंकले बैंकहरुको ‘स्ट्रेस टेस्ट’ अर्थात् दबाब परीक्षणको नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वित्तीय स्थायित्व प्रतिवेदन मार्फत  ‘स्ट्रेस टेस्ट’ को नतिजा सार्वजनिक गरेको छ ।

वर्तमानमा भन्दा फरक आर्थिक एबं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाव वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा वाहृय कारणले अर्थतन्त्रमा आउन सक्ने उतार चढावले कुनै पनि बैंक वा वित्तीय संस्थाको पूँजी, तरलता तथा आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।

२०८० असार मसान्तको तथ्यांक अनुसार राष्ट्र बैंकले ‘स्ट्रेस टेस्ट’को नतिजा सार्वजनिक गरेको हो । ‘क्रेडिट सक’को नतिजा अनुसार २० मध्ये १९ वाणिज्य बैंक पुँजी पर्याप्तमा कमजोर देखिएका छन् । १९ वाणिज्य बैंकको पुँजीगत पर्याप्त अनुपात अनिवार्य ११ प्रतिशत भन्दा कम हुने प्रतिवेदनमा उल्लेख छ ।

क्रेडिट सकको नतिजा अनुसार बैंकहरुको १५ प्रतिशत पर्फर्मिङ ऋण सब स्ट्याण्डर्डमा झरेको छ भने १५ प्रतिशत सब स्ट्याण्डर्ड ऋण डाउटफुल ऋणमा झरेको छ । त्यस्तै २५ प्रतिशत डाउटफुल ऋण ‘लस लोन’ मा झरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img