Sunday, July 12, 2026
spot_img

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो

spot_img

एनआईसी एशिया बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । जुन जेठ महिनामा ७.८०० रहेको थियो ।

बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत,१ वर्षका लागि ७ प्रतिशत,१ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत ५ वर्ष र सोभन्दा माथिका लागि ७.६९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । जेठ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असार महिनाका लागि भने अधिकतम ६.६९ प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ५.३५ प्रतिशत, १ वर्षका लागि ५.९० प्रतिशत,१ वर्षमाथि देखि ५ वर्ष मुनिसम्म ६ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img