Saturday, June 20, 2026
spot_img

अब वाइ वाइ चाउचाउको प्याकेटमा क्रिकेट

spot_img
spot_img

सीजी फुड्स नेपाल लिमिटेडले अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई रू. ६० लाख सहयोगको घोषणा गरेको छ। विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि(२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ पनि बजारमा ल्याएको छ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास लिएको कम्पनीले जनाएको छ । साथै, वाइ वाइको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको कम्पनीले उल्लेख गरेको छ।

यस  अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ । पत्रकार सम्मेलनका अवसरमा चौधरी गु्रपका प्रबन्धक निर्देशक श्री निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव  पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली राष्ट्रिय टिम दोस्रोपटक आइ.सि.सि.टि(२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपाल लि. नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहने कम्पनीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वाइ वाइ र क्रिकेटको विकास सँगसँगै भएको उल्लेख गर्दै क्रिकेटको विकासका लागि वाइ वाइ सधै समर्पित रहने बताए   । ‘आजभन्दा २० बर्षअघि हामीले पुरूष अण्डर–१९मा लगानी ग¥यौँ जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ । अब महिला अण्डर–१९ मा लगानी गर्ने समय भएको छ । यसको नतिजा देशले छिट्टै पाउँनेछ ।’

प्रवन्ध निर्देशक चौधरीले नेपालमा उत्पादित वाइ वाइ अमेरिका, यूरोप, जापान, अष्ट्रेलिया लगायत विश्वका ४० देशमा उपलब्ध रहेको जानकारी दिदै वाइ वाइले ति सबै देशको गुणस्तर मापदण्ड पूरा गरेका कारण ग्लोबल ब्राण्ड बन्न सफल भएकाले यस सम्वन्धमा थप ब्याख्या गर्न आवस्यक नभएको टिप्पणी पनि गरे ।

क्यानका सचिव एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले आफु वाइ वाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गर्दै नेपालको क्रिकेटको विकासका लागि वाइ वाइको योगदान अतुलनीय रहेको बताए  । नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपमा खेलिरहेको यस गौरवपूर्ण अवसरमा वाइ वाइले महिला यू–१९ र नेपालको क्रिकेट विकासका लागि गरेको यो लगानी निकै महत्वपूर्ण रहेको भन्दै यसका लागि चौधरी ग्रुपलाई धन्यवाद दिए  ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर(८मा पुग्न सफल भएमा रू. ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img