सिजी मोटर्स प्रा.लि. र सिजीले नेपाल भित्र्याउने गाडीको पोखराका लागि डिलर टिटि ग्लोबल प्रा.लि.ले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेका छन् । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् ।
कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेशन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेशन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्न यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेशनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।
सिजी मोटर्स प्रा.लि. नेपालमा केवाईसी , किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी, स्मार्ट र अवतार ईभीको आधिकारिक वितरक हो। कम्पनीले अधिकतम चार्जिङ स्टेशन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ ।
टिटि ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्रीवितरण गर्दै आइरहेको छ । टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेशन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिवद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनको भनाइ छ ।
सिजी मोटर्सले केही दिन अघि बागडोलमा नयाँ सर्भिस स्टेशन सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीले नेपालभरि २१ सर्भिस स्टेशनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जाल सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले नेपालभरि २ सय भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै जाने योजनामा कम्पनी छ ।














लोभ लालच र हैकम देखाएर कम्पनी को बोर्ड राख्यो अनी सिजी को चार्जर रे जनता ठगीको पराकास्ट।