Thursday, April 23, 2026
spot_img
spot_img

‘सोनु निगम लाइभ इन नेपाल’को मुख्य प्रायोजकमा ‘दिपल ईभी’

spot_img
spot_img

चर्चित बलिउड गायक सोनु निगमको कन्सर्टमा ईभी ब्रान्ड दिपलले मुख्य प्रायोजन गर्ने भएको छ । आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभइन नेपाल’मा दिपल मुख्य प्रायोजक बनेको हो ।

नेपाली टचइभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लु वृद्धिअटोकर्पका प्रबन्धकार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टचइभेन्ट्सका प्रबन्धनिर्देशक राज गोस्वामीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए ।

कार्यक्रममा बोल्दै प्रबन्धनिर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।
नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जन बीचको समन्वयको प्रमाण रहेको बताए ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मनोरन्जन दिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।

नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा बढी बिक्री भइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...
spot_img