Thursday, June 25, 2026
spot_img

केहि दिन मै सुरु हुँदैछ युरोकप फुटबल प्रतियोगिता, जर्मनी र स्पेनलाई इतिहास रच्ने अवसर

spot_img
spot_img

फुटबलको विश्वकपपछिको सबै भन्दा ठुलो प्रतियोगिता मानिने युरोकप आगामी जुन १४ देखि सुरु हुँदै छ । युरोप महादेशका फुटबल हस्तीहरु भिड्ने यो प्रतियोगिता २०२४ जुन १४ तारिखदेखि २०२४ जुलाई १४ तारिखसम्म जर्मनी हुन लागेको हो।

युरोपेली फुटबल संघ (युएफा)ले आयोजना गर्ने यो प्रतियोगिताको अहिले १७ औ संस्करण हुन लागेको हो। १७ संस्करणको प्रतियोगितामा २४ टिम सहभागी छन् । ५५ टिम सहभागी छनौट प्रतियोगिताबाट मुख्य प्रतियोगिताको लागि २४ टिम छनौट भएका हुन् ।

२४ टिमलाई ६ वटा समुहमा विभाजन गरिएको छ। हरेक समुह ६ वटा देश रहने छन् । समुह चरणमा हरेक टिमले आफ्नो टिममा रहेका अर्को देशसँग समान १-१ खेल खेल्ने छ । सबै टिमले समुह चरणमा ३ खेल खेलेपछि समुह चरणको शिर्ष २ रहने टिम नकआउटमा पुग्ने छन् । तेस्रो स्थानमा रहने ६ टिम मध्ये सर्वाधिक अंकको आधारमा थप ४ टिम पनि नक आउट पुग्ने छन् ।

कुन देश कुन समुहमा ?

समुह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विजरल्याण्ड

समुह बि : स्पेन, क्रोएसिया, इटाली, अल्बेनिया,

समुह सी: सोल्भेनिया, डेनमार्क, सर्बिया, इंग्ल्यान्ड

समुह डि: पोल्याण्ड, नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स

समुह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया. युक्रेन

समुह एफ: टर्की, जर्जिया, पोर्चुगल, चेक रिपब्लिक

यी मध्ये जर्मनीले सबैभन्दा धेरै प्रतियोगिता खेलेको छ, जुन प्रतियोगिता कै सर्वाधिक सफल टिम पनि हो । अब जर्मनी सर्वाधिक १४ औ पटक प्रतियोगिता खेल्दै छ भने स्पेन १२ औ पटक प्रतियोगिता खेल्दै छ । त्यस्तै फ्रान्स, इंग्ल्यान्ड, नेदरल्याण्ड, चेक रिपब्लिक र इटाली ११ औ पटक प्रतियोगिता खेल्दै छन् । जर्जियाले पहिलो पटक युरोकप खेल्न लागेको हो भने अल्बेनिया र सोल्भेनियाले दोस्रो पटक युरोकप खेल्न लागेका हुन् ।

जर्मनीले हालसम्म  ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । स्पेनले ३ पटक उपाधि जितेको छ भने १ पटक उप बिजेता बनेको छ । इटाली र फ्रान्सले समान २-२ पटक उपाधि जितेका छन् । रसिया, चेक रिपब्लिक, पोर्चुगल, नेदरल्याण्ड, डेनमार्क, ग्रिस र स्लोभाकियाले समान १ पटक उपाधि जितेका छन् । यस पटक जर्मनी र स्पेनलाई चौथो उपाधि जितेर किर्तिमान रच्ने अवसर छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसको फुटबल माथि प्रतिबन्ध लागेको थियो । प्रतिबन्धको कारण रसिया भने यस पटक सहभागी छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img