विद्युतीय कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेटा ब्रान्डका ईभी गाडीको उत्पादन र वितरणमा कुनै समस्या नरहेको जनाएको छ । नेटाको उत्पादन बन्द भएको चर्चा चलेसँगै नेपालमा पनि नेटा ईभीको उत्पादन बन्द भएको र त्यसको असर नेपाली उपभोक्तालाई पनि पर्ने भन्दै समाचारहरु आएका थिए ।
तर, होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । कम्पनीले नेपालसहित विश्व बजारमा नेटाको नियमित आपूर्ति भइरहेको जनाएको छ । होजोन अटोले उत्पादन बन्द भएका जस्ता समाचारहरूमा सत्यता दाबी पनि गरेको छ ।
होजोन अटोले नेपालमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटाका कारहरू बिक्री वितरण भइरहेको पनि जानकारी दिएको छ ।
नेटाको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्समार्फत बिक्री भएका गाडीहरूमा न्यूनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिवद्धता पनि होजोन अटो चाइनाले व्यक्त गरेको छ ।
होजोन अटोले चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर वित्तीय र व्यवस्थापन पक्षलाई बलियो बनाइएको समेत जनाएको छ ।













