Wednesday, June 24, 2026
spot_img

आईपीओको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे ८ करोड माथि

spot_img
spot_img

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तैकम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ । कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ रसञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ र वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। १ अर्ब ७० करोड ७३ लाख ४०हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपियाँ छ ।

कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस बर्ष भनेसुधार आएको छ । गत बर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपियाँमा झरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा त्यसमानिकै सुधार भएर १९.९५ रुपियाँ पुगेको छ । देशको ठूलो एक निर्यातमूलक उद्योग रिलायन्स स्पिनिङ मिल्सले विद्युतको प्रिमियम महशुल नतिरेको भन्दै आलोचना र उजुरी गरेर उसले बुक बिल्डिङ विधिबाट सर्वसाधारणको लागि निष्काशन गर्न लागेको आईपीओ रोक्ने काम भएको कम्पनीले जनाएको छ।

भारतदेखि टर्कीसम्म बार्षिक अर्बौं रुपियाँको धागो निर्यात गर्दै पटक पटक उत्कृष्ट निर्यातकर्ताको रुपमा समेत सम्मानित भएको उद्योगविरुद्धपछिल्लो समयमा धेरै मुद्दा र उजुरी गरेर विवादमा ल्याउँदा उद्योगको अन्तर्राष्ट्रिय छवीमा समेत असर परेको कम्पनीले उल्लेख गरेको छ ।

यद्यपिअहिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेसम्वन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपालधितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img