Saturday, June 20, 2026
spot_img

भिभो वाई १८ सार्वजनिक

spot_img
spot_img

अग्रणी ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले यसको अत्याधिक सफल वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ ।

आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्ने र ग्राहकको उत्तम मनोरञ्जनात्मक सामाजिक साझेदार बनाउने कम्पनीको दावी छ  ।
भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम राख्दै दुई विशिष्ट रंग भेरियन्टहरूः मोचा ब्राउन र वेभ एक्वामा एक शानदार डिजाइन प्रदान गर्दछ । यी रङहरू सौन्दर्यशास्त्रभन्दा पर जान्छन्, व्यक्तित्वलाई प्रतिबिम्बित गर्छन् र प्रयोगकर्ताहरूलाई उनीहरूको अद्वितीय शैली व्यक्त गर्न अनुमति दिन्छन् ।

२.५ डी कर्भ्ड डिजाइनले आरामदायी र सुरक्षित ग्रिप प्रदान गर्दछ, जसले प्रयोगकर्ता अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
भिभो वाई १८ ले उत्कृष्ट ६+६ जीबी एक्सटेन्डेड ¥याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज प्रदान गर्दछ, जसले सजिलो मल्टीटास्किङ र एप्स, फाइलहरू, र मल्टिमिडियाका लागि प्रशस्त स्टोरेज सुनिश्चित गर्छ ।

मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि आदर्श छ । आईपी ५४ रेटिङ सहितको भिभो वाई १८ ले हल्का धूलो र पानीका छिटाहरू सजिलै सामना गर्न सक्छ । ९० हर्जको हाई–ब्राइटनेस आई प्रोटेक्सन स्क्रिनले तेज घाममा पनि स्पष्ट दृश्य प्रदान गर्दछ भने लो ब्लू लाइट सर्टिफिकेशनले आँखा थाक्न नदिई लामो समयसम्म हेर्न आरामदायी बनाउँछ ।

उल्लेखनीय ५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेराको साथ, भिभो वाई १८ यसको असाधारण क्यामेरा सेटअपको साथ प्रत्येक विवरणलाई पूर्ण रूपमा कैद गर्दछ । चाहे तपाईं पोर्ट्रेट मोड प्रयोग गरिरहनु भएको होस् वा सुपर नाइट सीन वा मल्टि–स्टाइल फिल्टरहरू भिभो वाई १८ ले प्रत्येक फोटोलाई उत्कृष्ट बनाउँछ ।
मात्र रु। १७,९९९ मा सार्वजनिक गरिएको भिभो वाई १८ भोलीदेखि नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिदका लागि उपलब्ध हुनेछ । यो सार्वजनिकता भिभो वाइ ०३ को अपार सफलता र प्रयोगकर्ताहरुको ¥याम र क्यामेरा प्रतिको बढ्दो आकर्षणको कारण आएको हो, जुन जुन १, २०२४ मा रु. १४,४९९ मा सार्वजनिक गरिएको थियो ।

भिभो वाई १८, यसको सुधारिएको विशेषताहरु र प्रतिस्पर्धी मूल्यका साथ, भिभोको नविनतम र प्रयोगकर्ता मैत्री स्मार्टफोनहरु प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ, जसले विविध प्रयोगकर्ता आवश्यकतालाई सम्बोधन गर्छ, र नेपाली बजारमा भिभोको उपस्थिति थप मजबुत बनाउँछ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img