Wednesday, June 24, 2026
spot_img

नेपाल टेलिकमको खुद नाफा १ अर्ब ७३ करोड, ईपीएस ३८.६६ रुपैयाँ

spot_img
spot_img

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १ अर्ब ७३ करोड खुद नाफा गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ अर्ब २ करोड थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२० प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीको सेवा बिक्रीको आम्दानी पनि १.११ प्रतिशतले घटेर ८ अर्ब ६८ करोडमा सिमित भएको छ। कम्पनीको वित्तीय आम्दानी ३३ प्रतिशतले घटेर १ अर्ब १७ करोडमा सिमित भएको छ भने कुल आम्दानी ३.४९ प्रतिशतले घटेर १० अर्ब ६ करोडमा सिमित भएको छ। कुल आम्दानी घट्दा कम्पनीको नाफा घटेको हो ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ३८.६६ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ।

१८ अर्ब चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ७८ अर्ब ३१ करोड रहेको छ। कम्पनीको रिजर्भ गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.२७ प्रतिशतले बढेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img