साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १६.०७ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा कम्पनीले ४० करोड २ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै त्रैमासमा कम्पनीको खुद नाफा ३४ करोड ४८ लाख मात्रै थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने सामान्य घटेर ८६ करोड ७१ लाख रहेको छ। त्यस्तै कम्पनीले अन्य आम्दानी शिर्षकमा ७ लाख २६ हजार आम्दानी गरेको छ। विद्युत बिक्रीको आम्दानी नबढे पनि कम्पनीको ब्याज खर्च घटेकोले नाफामा सुधार आएको देखिन्छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ४५.७४ रुपैयाँ, तथा प्रति शेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी ३ अर्ब ५० करोड छ भने रिजर्भमा २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।












