अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७२०.५३ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा कम्पनीले ११ करोड ३२ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै त्रैमासमा कम्पनीको खुद नाफा ४ लाख ९२ हजार मात्रै थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४८५ प्रतिशतले बढेर ७ करोड ७४ लाख पुगेको छ। त्यस्तै कम्पनीले अन्य आम्दानी शिर्षकमा ११ करोड २१ लाख आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२.१२ रुपैयाँ, तथा प्रति शेयर नेटवर्थ १०६.८३ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७३ करोड छ भने अन्य इक्विटीमा २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।












