Thursday, April 23, 2026
spot_img
spot_img

एमएडब्लूको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’: तीन ब्राण्ड, तीन अफर

spot_img
spot_img

नेपालका लागि दीपल, सेरेस र नामी ब्रान्डका गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले भैरहवा र बुटवलमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरेर ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । बुटवलको क्लब डेनोभोमा आउँदो कार्तिक २७ गतेदेखि ३ दिने चल्ने क्याम्पमा तीनवटै ब्राण्डमा उपभोक्ताले अफर पाउने छन् ।

क्याम्पमा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दीपल ईभी बजेट अगाडिको मूल्य ७१ लाख ९९ हजारमा, सेरेसमा दिइएको नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउने छन् ।

यस मेलामा टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ ग्राहकले पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पूरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा कर्जा सेवा उपलब्ध हुनेछ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दीपल, नामी र सेरेसका गाडी टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नेछन् । एमएडब्लू वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि दीपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...
spot_img