चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तेह्रथुम पावर कम्पनी लिमिटेडको खुद नाफा ७२.९ प्रतिशतले बढेको छ। कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा बढेर ४ करोड ६० लाख ३३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६६ लाख मात्र थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७ करोडबाट बढेर ८ करोड २७ लाख पुगेको छ। विद्युत बिक्रीको आम्दानी बढ्दा र कम्पनीको ब्याज खर्च घट्दा कम्पनीको खुद नाफा उल्लेख्य बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४६ रुपैयाँ ३ पैसा, र प्रति शेयर नेटवर्थ ६७ रुपैयाँ ३९ पैसा रहेको छ। ४० करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने १३ करोड रुपैयाँले ऋणात्मक छ।












