Tuesday, April 21, 2026
spot_img
spot_img

पुँजीबजारमा देखिएका समस्या समाधान गर्दै बजारलाई व्यवस्थित गर्छौ: अर्थमन्त्री पुन

spot_img
spot_img

अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारलाई व्यवस्थित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  पुँजी बजार तथा वस्तु विनिमय बजारको नियामक नेपाल धितोपत्र बोर्ड स्थापनाको ३१ वर्ष पूरा गरी ३२ औ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिदै अर्थमन्त्रीले पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढोत्तरी हुँदै गएको परिप्रेक्ष्यमा आगामी दिनमा पुँजी बजारमा देखिएका समस्याहरूको समाधान गर्दै बजारलाई व्यवस्थित तथा नियमित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।

य्स्ज्को लागि बजेट मै विभिन्न समावेश गरिएको त्यसलाई कार्यान्वयन गरिने उनले बताएका छन् । उनले भनेका छन् ‘ सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेवर क्यापिटल फण्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था गरिनुका साथै धितोपव सम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाईनेछ । त्यसैगरी नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिईनेछ । नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लिरिंग लि. को संरचनागत सुधार गर्नुका साथै वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाईनेछ । यस क्षेत्रमा क्षेत्रगत विविधीकरण ल्याउनका लागि निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।’

बोर्डले लगानीकर्ताको हकहित संरक्षण, बजारको विश्वसनीयता र प्रभावकारिता एवं दायरा वृद्धि गर्नेतर्फ प्रभावकारी भूमिका निर्वाह गर्ने गरी कार्य संचालन गर्नेछ भन्ने विश्वास लिएको पनि अर्थमन्त्रीले उल्लेख गरेका छन् । धितोपत्र बजारमा आधुनिक प्रविधियुक्त नियमन तथा सुपरिवेक्षण प्रणालीको विकास गरी बजारको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन नियमन निकायको संस्थागत क्षमता अभिवृद्धि हुन आवश्यक रहेको मन्त्री पुनको भनाई छ ।

बोर्डको स्थापनासँगै देशको समग्र आर्थिक तथा वित्तीय क्षेत्रको विकास र स्थायित्वमा बोर्डले अग्रणी भूमिका खेन्दै आएको मन्त्री पुनले बताएका छन् । साथै आगामी दिनमा समेत बोर्डले पूर्ण क्षमताका साथ आफ्नो कार्य संचालन गरी देशभित्र छरिएर रहेको बचत तथा वैदेशिक पुँजी समेतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक-सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दिशामा अग्रसर रहने अपेक्षा लिएको मन्त्री पुनले उल्लेख गरेका छन्।

बोर्डको वार्षिकोत्सवको अवसरमा उनले बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता लगायत सम्पूर्ण सरोकारवाला पक्षहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img