चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा हिमालयन लघुवित्तको खुद नाफामा उछाल आएको छ। कम्पनीले सार्वजनिक गरेको यस अवधिको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ११४३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १० लाख ८६ हजार रुपैयाँ मात्र थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर ७ करोड २० लाख पुगेको छ। लघुवित्तले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेरमेन्ट चार्ज शिर्षक अन्तर्गतको रकम ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएको छ। यी कारणले लघुवित्तको खुद नाफा बढेको देखिन्छ ।
कम्पनीको वितरणयोग्य मुनाफा भने ऋणात्मक रही ८९ लाख ९२ हजार रुपैयाँ कायम छ । कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ।
यस अवधिसम्म लघुवित्तले ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ। ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पुंजीको रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा भने ३.७२ प्रतिशत छ ।












