सबै फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । वित्तीय विवरण अनुसार जानकी फाइनान्सको खुद नाफा सर्वाधिक बढेको छ।
कम्पनीको खुद नाफा १५ हजार ७ सय २३ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ लाख ३६ हजार खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ६ करोड ९० लाख पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी ४० रुपैयाँ रहेको छ।
त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको खुद नाफा १३२६ प्रतिशत तथा आईसीएफसी फाइनान्सको खुद नाफा ६३३ प्रतिशतले बढेको छ। गोर्खाज फाइनान्सको खुद नाफा भने ९६.०६ प्रतिशतले घटेको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा रहेका गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स यस पटक नाफामा गएका छन् । तर ६ वटा फाइनान्स कम्पनी भने अझै घाटा मै देखिएका छन् ।
हेर्नुस् कुन फाइनान्सको खुद नाफा/घाटा कति ?













