Friday, June 19, 2026
spot_img

टेक्नोद्वारा नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक

spot_img
spot_img

स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबी सम्मको र्याम८, र २५६ जीबी स्टोरेज रहेको छ। स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ। ५००० एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिनेछ। साथै, १००० भन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ ‘बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ।  यसको आइपी ६४ धुलो र पानी प्रतिरोध क्षमता फोनलाई टिकाउ र भरपर्दो बनाउँछ।  फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा समेत रहेको छ, जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ।’

कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ। साथै, ५ वर्षको लामो समयसम्म कुनै ल्यागबिना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट रहेको कम्पनीको दाबी छ।

नेपाली बजारमा स्पार्क थटी (८ं प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य रु २२ हजार ९९० राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य रु २२ हजार ४९० रहेको कम्पनीले जनाएको छ ।

टेक्नो ब्रान्ड हाल ७० भन्दा बढी देशमा कार्यरत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img