चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गुडविल फाइनान्स ४ करोड ९५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५० लाख खुद घाटामा रहेको फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा जान सफल भएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड १९ लाखबाट बढेर ७ करोड ५२ लाख पुगेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्ज वापतको ९७ लाख ४४ हजार रिभर्स गरेको छ । साथै ६६ लाख ५९ हजार रुपैयाँ गैह्र संचालन आम्दानी गरेको छ । यी कारण कम्पनी नाफामा गएको देखिन्छ । कम्पनीको वितरणयोग्य मुनाफाभने २ करोड २९ लाख ऋणात्मक रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १ सय ९४ रुपैयाँ ५७ पैसा रहेको छ । कम्पनीको खराब कर्जा भने ३.९७ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।
९४ लाख ६१ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ३९ करोड रहेको छ ।












