शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा पुन: दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको कार्तिक १ गते बिहिबार साँझ ५ बजे बसेको संचालक समितिको ३४०औं बैठकले दिप प्रकाश पाण्डेलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल चार वर्षको हुने कम्पनीले जनाएको छ।













