Friday, May 8, 2026
spot_img

२७ वर्षे ठिटोले हाँकिरहेको सेञ्चुरी

spot_img
spot_img

दुगड ग्रुप नेपालको कहलिएको उद्यमी परिवारमध्ये एक हो । वर्षौ लामो विरासत बोकेको दुगड समूहअन्तर्गत विभिन्न उद्योगहरु सञ्चालनमा छन् । इतिहासलाई फर्केर हेर्दा नेपाललाई उद्यमशीलताको अध्यायमा प्रवेश गराउनेदेखि निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनामा हालसम्म यो समूह अब्बल साबित हुँदै आएको छ ।

दुगड ग्रुपकै ठूलोमध्येको एउटा उद्योग हो, ‘दुगड स्पाईसिज्’ । ‘दुगड स्पाईसिज्’लाई दुगड परिवारले आफ्नो ‘सेकेण्ड जेनेरेशन बिजनेश’ भन्ने गरेको छ । यो उद्योग सुरु भएको तीन दशक भइसकेको छ ।

‘सुरुवातमा यो उद्योग घरमा राख्ने सानो मिलजस्तो मात्रै थियो । मिलबाट विभिन्न थरिका मसलाहरु बन्थे’ अहिलेको सेञ्चुरी ग्रुप अफ कम्पनीका निर्देशक आदित्य दुगड विगत स्मरण गर्छन्, ‘त्यतिबेला भान्छामा तयारी मसला प्रयोग गर्ने चलन नै थिएन ।’

उनका अनुसार यो उद्योग सञ्चालनमा आउँदा तयारी मसलाको बजार हिस्सा ५ प्रतिशत जति पनि थिएन । भारतीय कम्पनी बीएमसीका उत्पादन आयात हुन्थे । नेपाली उपभोक्ता तयारी मसलाको उपभोगमा अभ्यस्त थिएनन्, अर्कोतर्फ भारतीय कम्पनीको उत्पादन बजारमा थियो । यस्तो बेलामा दुगड ग्रुपले ठूलो आँट र हिम्मतका ‘सेञ्चुरी’ मसलाको उत्पादन थालेको थियो ।

सेञ्चुरीले बिस्तारै बजारमा उपस्थिति बढाउँदै गयो । आदित्यका अनुसार कम्पनीले उत्पादन सुरु गरेको पहिलो वर्षमा नै १ करोडको कारोबार गर्न सफल भयो । यसको चारपाँच वर्षमा बजारमा सेञ्चुरीले राम्रै हिस्सा ओगट्यो । त्यसपछि गुणस्तरलाई कायम राख्दै उत्पादनको क्षेत्र र मात्रा बढाउन उद्योग केन्द्रित भयो । ‘कुनैपनि कम्पनीले सधैँ एउटै मात्रै उत्पादन गरेर बस्दैन । सबैले डाइभर्सिफाई चाहन्छन्’ आदित्य भन्छन्, ‘हामी पनि स्न्याक्समा गयौँ । हामीले कुरमुरे, चिजबल, पेनी लगायतका स्न्याक्सको उत्पादन सुरु गर्‍यौँ ।’

सेञ्चुरीको नाम नेपाली बजारमा निकै चर्चामा आयो । यसपछि उद्योगले विदेशमा पनि निर्यात गर्न सुरु गर्‍यो । आन्तरिक बजार र भारतीय बजारबाट बिस्तारै माग बढ्दै गयो । क्रमशः तेस्रो मुलुकमा पनि निर्यात सुरु भयो । सुरुमा केही एकाध देशबाट सानोतिनो अर्डर मात्रै आउँथ्यो, अहिले सेञ्चुरीका उत्पादनहरुले विश्वका २५ देशमा आफ्नो उपस्थिति जनाइरहेका छन् ।

यसपछि उद्योगले फेरि उत्पादन थप्ने योजना बनायो । मसला हुँदै स्न्याक्समा पुगेको सेञ्चुरीले अचारको उत्पादन सुरु गर्‍यो । यसपछि उद्योगले चिया, ग्लुकोज, स्प्रिङ वाटर, न्याम्किन, जाम, केचअप शस, सोया शस लगायतका उत्पादन सुरु गर्‍यो । चिउरा पनि बजारमा आइसकेको छ । यी सबै उत्पादनहरु अहिले बजारमा अधिक रुचाईने उत्पादनमध्ये पर्दछन् ।

आदित्यका अनुसार सेञ्चुरीले हाल विभिन्न १२ क्याटोगरीका ७५० उत्पादनहरु स्वदेश तथा विदेशमा पठाउँदै आएको छ । अब पापड, चामल र पीठोको उत्पादन गर्ने सेञ्चुरीको तयारी छ ।

‘उपभोक्ताको मागअनुसार सेञ्चुरीले उत्पादन बढाउँदै लगेको छ, हामीले केवल नेपाली बजारमात्रै हेरेका छैनौँ, विदेशको बजारमा पनि कुन चिजको माग बढी छ भनेर बजारको अध्ययन गर्छौँ र सोही अनुसार उत्पादन गर्छौँ’ आदित्य प्रसन्न सुनिन्छन्, ‘कतिपय उत्पादन विदेशमा पठाउन छुट्टै खालको साइज, प्याकेजिङ गर्नुपर्ने हुन्छ, हामी त्यो पनि गरिरहेका छौँ । उदाहरणका लागि नेपालमा एक कार्टुनमा सय पिस मसला हुन्छ भने विदेशमा १५० प्याकेट हुन्छ, १२५ प्याकेट हुन्छ । यसरी हामीले काम गरिरहेका छौँ ।’

२७ वर्षे ठिटोले हाँकिरहेको सेञ्चुरी

पूर्वमन्त्रीसमेत रहेका मोतीलाल दुगडले निकै मेहनत गरेर जन्माएको र हुर्काएको सेञ्चुरी ग्रुप अफ कम्पनीको ‘ड्राइभिङ सिट’मा बसेर २७ वर्षीय आदित्य दुगडले कम्पनीको नेतृत्व गरिरहेका छन् ।

कक्षा ५ सम्म विराटनगरमै अध्ययन गरेका आदित्य त्यसपछिको शिक्षाका लागि भारतको दिल्ली गए । कक्षा १२ सम्म दिल्लीमा अध्ययन गरे । पारिवारिक विरासत नै उद्यम भएकाले बुबाको औद्योगिक सम्राज्यको जिम्मेवारी एकदिन आफ्नो काँधमा आउँछ भन्ने उनले सानै उमेरमा बुझेका थिए । यसका लागि उच्च तहको योग्यता चाहिन्छ भनेर उनले अष्ट्रेलियाबाट अकाउण्ट र फाइनान्स विषयमा स्नातक तह उत्तीर्ण गरे ।

यसपछि नेपाल फर्किएर तत्कालीन सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक)को कर्पोरेट बैंकिङ डिभिजनमा ४ महिना इन्टर्नसीप गरे । त्यसक्रममा उनले धेरै कुरा सिक्ने मौका पाए । त्यसपछि उनी सेञ्चुरीमा जोडिए । जतिबेला आदित्य भर्खर २२ वर्षका थिए ।

अध्ययनको दायरा बढाउँदै क्रमशः उद्यम व्यवसायमा स्थापित हुनुपर्छ भन्ने मान्यता अनुसार आदित्य पुनः अध्ययनको लागि बेलायत गए । ‘इन्टरप्रेनरसीप’मा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि स्वदेश फर्किएर आदित्यले २०७८ सालबाट सेञ्चुरी ग्रुप अफ कम्पनीको निर्देशकका रुपमा कार्य आरम्भ गरे ।

मोतिलाल दुगडका भरपर्दा सारथीः आदित्य

आफ्ना सन्तानले सफलताको सिँढी चढेको हेर्ने रहर सबै बुबाआमाको हुन्छ । ठिक यसैगरी, मोतीलाल दुगडले पनि आफ्नो छोरालाई आफ्नो बलियो सारथीका रुपमा पाएका छन् । उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने, नयाँनयाँ काम सुरु गर्नेजस्ता काममा अहिले उनलाई छोरा आदित्यले साथ दिइरहेका छन् ।

सेन्चुरीले विराटनगरमा चार तारे होटल सञ्चालन गरिरहेको छ । विराटनगरमै पाँच तारे होटल र्‍याडिशन पनि सुरु हुँदैछ । उक्त होटलमा १४० कोठा, सपिङ मल, क्यासिनो र नेपालकै सबैभन्दा ठूलो बैंक्वेट रहने छन् । प्याकेजिङ उद्योग पनि चलिरहेको छ । जहाँबाट ठूला ठूला कम्पनीका प्याकेजिङ सामानहरु बनाइन्छ । जावलाखेल ग्रुप, वाईवाई, डाबर जस्ता चर्चित उत्पादनका प्याकेटहरु यहीँबाट उत्पादन हुन्छ ।

‘हाम्रो प्याकेजिङ इन्डष्ट्रीबाट उत्पादन हुने प्याकेजिङ सामानहरु ७० प्रतिशत अरु कम्पनी र उत्पादनका लागि प्रयोग हुन्छ, हाम्रो आफ्नो उत्पादनले ३० प्रतिशत मात्रै खपत गर्ने हो’ आदित्य भन्छन् । यही ग्रुपले पाइप उद्योग पनि सञ्चालन गरिरहेको छ । पीभीसी, युपीभीसी जस्ता ३ थरीका पाइपहरु हाल उद्योगबाट उत्पादन हुँदै आएका छन् ।

‘बुबाले बनाएको ‘ग्राउण्ड’लाई बढाउने लक्ष्य

आदित्यलाई थाहा छ, अहिले उनले खेलिरहेको ‘ग्राउण्ड’को जग उनका बुबा मोतीलाल दुगडले बसालेका हुन् । अब उनको एकमात्र चाहना र लक्ष्य भनेकै यो ग्राउण्डलाई बढाउनु हो ।

‘बुबा समाजसेवा र राजनीतिमा उत्तिकै संलग्न हुनुहुन्छ, यति हुँदाहुँदै पनि सेञ्चुरीलाई आजको दिनसम्म ल्याउन उहाँको एकल मेहनत परेको छ, पार्टनर कोही थिएनन्, तर अब बुबाको योजना र लक्ष्य बोकेर हिँड्नका लागि म आएको छु’ आदित्य भावुक सुनिन्छन् । उनका अनुसार अहिले सेञ्चुरीमा १ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘सकेसम्म धेरै जनालाई रोजगारी दिन पाए हुन्थ्यो भन्ने लाग्छ, बुबाकोसोच पनि यही नै छ’ उनी भन्छन्, ‘बुबाले निकै दुःख र मेहनत गरेर १५ सय जनालाई रोजगारी दिने ग्राउण्ड बनाउनु भएको छ, अब म यसलाई बढाउनेमा फोकस हुन्छु ।’

‘प्रेसर फिल नगरी सफल भइँदैन’

आदित्यका अनुसार मन्त्री र प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भइसकेको व्यक्तिको छोरा भएकाले उनलाई ‘प्रेसर फिल’ हुन्छ । अनेकौँ हण्डर खाएर बुबाले आर्जन गरेको सफलता देखेर उनी दङ्ग पनि हुन्छन् । जसरी पनि सेञ्चुरीलाई थप उचाईमा पुर्‍याउनुपर्ने दायित्व आज उनकै काँधमा छ ।

त्यसो त, सफलताका लागि घोत्लिनुपर्छ, योजना बनाउनुपर्छ र त्यसका लागि आफूले आफैलाई ‘प्रेसर दिनुपर्छ’ भन्ने कुरापनि उनले राम्रोसँग बुझेका छन् ।

‘बिजनेशमा सफलता हासिल गर्न आफूमा प्रेसर फिल हुनुपर्छ’ उनी भन्छन्, ‘सँगसँगै बिजनेशमा सफल हुन लगानी, समय र टिम महत्वपूर्ण हुन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको योजना सही हुनुपर्छ । लगानी पनि छ, समय पनि खर्चिएको छ, टिम पनि छ तर योजना छैन भने सफलता हासिल गर्न सकिँदैन ।’

निर्यात प्रोत्साहनमा सरकारको ध्यान पुगेको छैन

सानैदेखि देखेको र पछिल्लो समय आफै उद्यममा संलग्न भएको अनुभवले आदित्यलाई लाग्छ, ‘सरकारले निर्यात प्रोत्साहन गर्नु जरुरी छ ।’ सँगसँगै, उत्पादनमूलक उद्योग र त्यसमा पनि खाद्य सामग्री उत्पादनमा संलग्नहरुको पहुँच निकै कम हुँदा पनि प्रोत्साहन नपाइरहेको हो कि भन्नेजस्तो लाग्छ ।

‘ट्रेडिङमा लाग्नेहरुको लबिङ ठूलो हुन्छ, तर खाद्यान्नवालाको कमजोर छ’ आदित्य केही निराश सुनिन्छन्, ‘जबकि निर्यातमूलक उद्योगहरुले देशमा डलर ल्याइरहेका हुन्छन् भने तिनलाई प्रोत्साहन हुन जरुरी छ । पहिला निर्यातमा कर छुट थियो, अहिले हटाइएको छ । सहुलियत प्राप्त गर्ने हो भने नेपालबाट धेरै कुराको निर्यात सम्भव छ ।’

उनले विभिन्न देशमा गएर गरेको अध्ययन र हाल ठूलो समूहको नेतृत्व तहमा बसेको अनुभवले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मेरुदण्ड’ देख्छ । मुलुकको आर्थिक उन्नतिका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

(बिजनेश पाना म्यागेजिनबाट साभार)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img