नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले असोज २२ गते कम्पनीको लाभांश स्वीकृत गरेको हो ।
लघुवित्तको असोज १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४५ करोड रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ । लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









