Friday, June 19, 2026
spot_img

टेक्नोले ल्यायो स्पार्क ३० सी, कति छ मूल्य ?

spot_img
spot_img

नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ । विशेष गरी जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको बताइएको छ । स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६ हजार ४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको मूल्य रु १९ हजार ९९० राखिएको छ ।

सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ। साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने, ‘स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ ।’

टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले भने, ‘टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।’

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ।

टेक्नो ७० भन्दा बढी देशमा संचालन हुने नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ । ूस्टप एट नथिङू नाराका साथ, टेक्नोले उपभोक्तालाई उत्कृष्ट डिजिटल अनुभव दिन प्रेरित गर्दै प्रविधिमा निरन्तर अगाडि बढ्ने वाचा गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img