साहस लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले कार्तिक ४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १३ बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले बोनस वितरण प्रश्चात कायम हुने चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
साधारण प्रस्ताव :
१.सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७७/०७८, २०७८ / ०७९, २०७९ / ०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा ।
२. आर्थिक वर्ष २०७७/०७८, २०७८ / ०७९, २०७९ / ०८०, २०८० / ०८१ को लेखा परीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत) सम्बन्धमा ।
३. आर्थिक वर्ष २०८१ / ०८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४. प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.४२१ प्रतिशतका दरले हुने रु. १,४७,३६,८४२.११ रुपैयाँ नगद लाभांश सम्बन्धमा ।
५. स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धमा ।
विशेष प्रस्तावहरू:
१.परियोजनाका लागि लिइएको थप ऋण अनुमोदन गर्ने सम्बन्धमा ।
२. कम्पनीको चुक्ता पुँजी रु.३,५०,००,००,०००/- को ८% (आठ प्रतिशत) का दरले हुने रु.२८,००,००,०००/- (अट्ठाइस करोड) बराबरको २८,००,००० कित्ता बोनस सेयर वितरण सम्बन्धमा ।
३. कम्पनीको चुक्ता पुँजी रु. ३,५०,००,००,०००/- (तीन अर्ब पचास करोड) मा बोनस सेयर वृद्धिपश्चात् हुन आउने चुक्ता पुँजी रु.३,७८,००,००,०००/- (तीन अर्ब अठहत्तर करोड) को १:१ अनुपातमा रु.३,७८,००,००,०००/- (तीन अर्ब अठहत्तर करोड बराबरको ३७,८०,००,००० (सैंतिस करोड असी लाख) कित्ता हकप्रद सेयर जारी गर्ने सम्बन्धमा ।
४. कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधनसम्बन्धी निम्नबमोजिमको विशेष प्रस्ताव सम्बन्धमा ।
(क) दफा ६ (क) कम्पनीको अधिकृत पुँजी रु.१०,००,००,००,०००/- (दश अर्ब) हुनेछ । सो पुँजीलाई प्रतिसेयर रु. १००/- दरको १०,००,००,०००/- (दश करोड) थान साधारण सेयरमा विभाजन गरिएको छ ।
(ख) दफा ६ (ख) : कम्पनीको तत्काल जारी गर्ने पुँजी रु. ७,५६,००,००,०००/- (अक्षरेपि सात अर्ब छपन्न करोड) हुनेछ । सो पुँजीलाई प्रतिसेयर रु.१००/- दरको ७५,६०,००,००० (पचहत्तर करोड साठी लाख) थान साधारण सेयरमा विभाजन गरिएको छ ।
५. कम्पनीको प्रबन्धपत्रमा भएको संशोधनमा सम्बन्धित निकायहरूबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।









