Saturday, May 9, 2026
spot_img

मितेरी सहकारी प्रकरण: एकैदिन धनराजको नामबाट कसले तिर्‍यो ६८ लाख २६ हजार किस्ता ?

spot_img
spot_img

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको रकम अपचलनमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नामबाट एकैदिन अर्कै व्यक्तिले मोटो रकम किस्ताबापत तिरिदिएको खुलेको छ । मितेरी सहकारी प्रकरणमा अनुसन्धान अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार धनराजले लिएको ऋणको किस्ता भन्दै गत बैशाख २७ गते अर्कै व्यक्तिले ६८ लाख २६ हजार ९१४ रुपैयाँ तिरिदिएको पाइएको हो ।

धनराज गुरुङको नामबाट अर्कैले किस्ता तिरिदिनु र त्यसरी किस्ता तिर्दा पनि एउटै चेकबाट जम्मा नगरी ५ वटा चेक जम्मा गरिनुले आशंका उब्जाएको सीआईबी स्रोत बताउँछ । २०८१ बैशाख १७ गते एनएमबी बैंकका ४ वटा चेकमार्फत १४ लाख रुपैयाँका दरले ५६ लाख र अर्को एउटा भने १२ लाख २६ हजार ९१४ रुपैयाँ सहकारीमा धनराजको तर्फबाट जम्मा गरिएको पाइएको बताइएको छ । रकम जम्मा गर्ने व्यक्त को थिए र उनले कसको कसको नामको चेकमार्फत सहकारीमा रकम जम्मा गरेका थिए भन्ने जानकारी भने सीआईबीले गोप्य राखेको छ ।

२०८१ जेठ ६ गते पनि धनराजको तर्फबाट भन्दै ८ लाख ८९ हजार ७२० रुपैयाँ जम्मा भएको देखिएको छ । तर, यसरी कारोबार गर्दा वा आफ्नो किस्ता तिर्दा धनराजले कहिल्यै पनि आफ्नो चेकमार्फत तिरेको नभेटिएकाले अर्कै व्यक्तिको नामबाट अर्कै व्यक्तिले किस्ता दाखिला गरेको पाइएकाले रकम नै शंकास्पद देखिएको सीआईबी स्रोतले बताएको छ ।

धनराज गुरुङले भने आफूले घर बचेर सहकारीको ऋण तिरेको र आफ्नो घर किन्ने व्यक्तिलाई नै सहकारीमा पैसा जम्मा गर्न लगाएको बताएका छन् । ‘मेरो घर जसले किन्नुभयो, उहाँले नै मेरो तर्फबाट सहकारीमा रकम जम्मा गरिदिनु भएको हो, एउटै चेकबाट किन जम्मा गरेनन्, किन धेरै वटा चेक काटे भन्ने कुरा उहाँले नै बुझ्ने कुरा हो’ धनराजले भनेका छन् ।

शंकास्पद कुरा धनराज आफैँले पनि बताएका छन् । मान्छेले सहकारी, बैंक वा अरु वित्तीय संस्थाबाट आफूले कति ऋण लिएको छु भन्ने जानकारी नराख्ने भन्ने हुँदैन । तर, धनराजले भने सुरुमा एक करोड ऋण लिए र त्यसपछि पनि ऋण थप्दै गएको भन्दै जम्मा कति ऋण छ भन्ने याद नरहेको दाबी गरेका छन् ।

ज्योति गुरुङ (धनराज गुरुङकी पूर्वपत्नी) सँग सम्बन्ध बिच्छेद हुनुभन्दा अघि सहकारी संस्थाबाट संयुक्तु नाममा कर्जा लिएको र उनीसँग सम्बन्ध विच्छेद भएपछि कर्जा अलगअलग गर्न अनुरोध गर्दा सहकारीले नमानेको र बाध्य भएर सबै कर्जा आफूले नै तिर्नु परेको धनराजको दाबी छ ।

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय हेटौडाबाट आएको पत्रका आधारमा जाहेरी दर्ता गरेर मितेरी सहकारीको रकम अपचलनबारे अनुसन्धान अघि बढाएको भएपनि अहिले नै थप विषय सार्वजनिक गर्न नमिल्ने सीआईबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालय हेटौंडाबाट महाप्रबन्धक ज्योति गुरुङ र उनलाई सहयोग गर्ने पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी परेको थियो । ज्योति गुरुङ धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा नियुक्तिका...

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...
spot_img