Friday, September 4, 2026
spot_img

सिइडिबि हाइड्रोको लाभांश घोषणा: हकप्रद जारी गर्ने, कम्पनीको नाम फेर्ने

spot_img

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको बैठकले  लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आव २०७९/८० र  आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै कम्पनीले उक्त बोनस शेयर वितरण पश्चात ५४.५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । त्यस्तै कम्पनीले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पनि गरेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज २१ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव 

क) संचालक समितिको आ.व. २०७९/८० र आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

ख) लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने ।

ग) आ.व. २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ।

घ) लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

ङ) आ.व. २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

च) स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने ।

 विशेष प्रस्तावहरू

क) कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।

ख) उपरोक्त दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर (कर बाहेक) जारी गर्ने ।

ग) विशेष प्रस्ताव नं. (ख) बमोजिम बोनस शेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१:०.५४५) हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

घ) नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...