Friday, September 4, 2026
spot_img

नेपाल ल्युब आयलको लाभांश घोषणा, प्रिमियममा एफपीओ निष्काशन गर्ने

spot_img

नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज १८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ देखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. आ.ब.२०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. आ.ब.२०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ आसार मसान्तको वासलात र आ.व. २०५८०२८१ को आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गर्ने ।

३. सञ्चालक समितिको ३७६ औ बैठकले सिफारिस गरे बमोजिम २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांस वितरणको निमित्त स्वीकृत गर्ने । साथै प्रस्तावित बोनस सेयर बराबरको चुक्ता पुँजी वृद्धि गर्ने ।

४. आ.व.२०८१।८२ को कारोबारको हिसाब लेखा परीक्षण गर्नका निमित्त लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. कम्पनीको साधारण शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निश्काशन (Further Public Issue) (FPO) गर्ने सम्बन्धमा ।

२. कम्पनीको साधारण शेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (Further Public Issue)(FPO) पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा ।

३. माथिको प्रस्तावहरु स्विकृत पश्चात सोहिको निमित्त कम्पनीको अधिकृत, जारी तथा चूक्त पूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने।

४. कम्पनीका सञ्चालक समिती सदस्य करण कुमार चौधरीलाई कम्पनीको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (MD & CEO) मा नियुक्त गरिएकोले सो र निजको सर सुविधा निर्धारण गर्नका लागी साधारण सभामा अनुमोदनको निमित्त प्रस्ताव पेश गर्ने ।

५. अधिकृत पंजी, जारी पुंजी तथा चूक्ता पंजी वृद्धी गर्ने, कम्पनीको साधारण शेयरहरु प्रिमियम मूल्यमा थप सार्वजनिक निश्काशन गर्नको निमित्त र अन्य सवै कार्यको निमित्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न विवरणहरु तयार गरी कम्पनी रजिष्ट्रारको कार्यलय तथा अन्य आवश्यक नियमन संस्थाहरुमा पेश गर्न तथा आवश्यक अन्य कार्य गर्न गराउन आवश्यक्ता अनुसार अन्य कोई कसैलाई नियुक्ती गर्न वा कसैलाई अख्तियारी प्रदान गर्न संचालक समितीलाई पर्ण रुपमा अख्तीयारी प्रदान गर्ने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...