Friday, September 4, 2026
spot_img

किन स्थगित भयो सानिमा लार्ज क्याप फण्डको लाभांश वितरण कार्य ?

spot_img

सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको लाभांश वितरण कार्य स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि सो फण्डको लाभांश वितरण कार्य स्थगित भएको हो ।

यस फण्डले आथिक वर्ष २०८०/८१ को लागि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांश वितरणको लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । तर धितोपत्र बोर्डको भदौ २५ गतेको निर्देशनपछि लाभांश वितरण कार्य स्थगित भएको हो ।

किन स्थगित भयो लाभांश वितरण ?

२०८१ असार मसान्तमा यस फण्डको न्याभ १०.३५ रुपैयाँ थियो । यस न्याभबाट फण्डले अधिकतम ३.५ प्रतिशत लाभांश मात्र वितरण गर्न सक्थ्यो । त्यसमा पनि करको लागि रकम छुट्याउदा लाभांश दर अझ कम हुन्थ्यो । तर फण्डले १० प्रतिशत लाभांश घोषणा गर्यो ।

२०८१ साउनमा फण्डको न्याभ १२.५८ रुपैयाँ थियो । यसबाट भने फण्डले १० प्रतिशत बढी प्रतिफल वितरण गर्न सक्थ्यो । क्षमता भन्दा बढीको लाभांश प्रस्ताव गरेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको बताईएको छ ।

त्यसपछि बोर्डले क्यापिटललाई यस सम्बन्धमा के कसो भएको हो भनी सोधेको थियो । क्यापिटलले न्याभ कम भएता पनि रियलाइज्ड गेनको आधारमा १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको जवाफ दिएको थियो ।

यस बारे अहिले कुनै प्रष्ट व्यवस्था नभएको र थप अध्ययन आवश्यक रहेको धितोपत्र बोर्डले भनेको क्यापिटलले जनाएको छ । थप अध्ययन गर्न समय लाग्ने भएकोले अहिले तत्कालको लागि  लाभांश वितरण कार्य स्थगित गर्न निर्देशन आएको र सोहि अनुसार लाभांश अहिलेको लागि स्थगित भएको क्यापिटलले जनाएको छ । अहिले तत्कालको लागि मात्र लाभांश स्थगित भएको र धितोपत्र बोर्डको थप निर्देशन अनुसार अर्को सूचना जारी गर्ने क्यापिटलले उल्लेख गरेको छ ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...