Saturday, August 15, 2026
spot_img

आवश्यक तयारी पूरा नगरी पेट्रोलमा इथानोल मिश्रण नगर्न सरोकारवालाहरुको सुझाव

spot_img

पछिल्लो समय पेट्रोलमा इथानोल मिश्रणको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तिहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा पेट्रोलमा इथानोल मिश्रणको सम्भावना र प्रभावकारीताको सन्दर्भमा आयोजना गरेको बृृहत छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आवश्यक तयारी र प्रभावकारिताको यकिन नगरि कार्यान्वयनमा नजान जोड दिएका हुन् ।

कार्यक्रममा पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक हो भन्दै प्रश्न गरेका छन् ।

नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समय सम्मपनि कार्यान्वयन नहुँने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे ।

उपभोक्ताकर्मी माधव तिमलसिनाले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भएपनि यो उपभोक्ता र वातावरणमैत्री हुनुपर्ने धारणा राखे । पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्दैगर्दा यसको सहुलियत उपभोक्ताले मूल्यमा पाउनुपर्ने उनको भनाइ छ ।

हाइड्रोजन उर्जाको तयारी भइरहेकामा इथानोलको अर्थ छैन : सिवाकोटी

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम् नाडाको वातावरण विभागका सभापति कपिल सिवाकोटीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीतिको कुनै तुक नभएको तर्क गरे । ढिलो चाँढो नेपाल पनि हाइड्रोजन उर्जामा कन्भर्ट हुने हुँदा पेट्रोलमा इथानोलको प्रयोग आवश्यकता नै नपर्ने उनको तर्क छ ।

तर, यता नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेकाले कार्यान्वयन गरि छाड्ने उद्घोष गरेका छन् ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएको थियो । तर, पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको छ । इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति समेत दिइसकेको छ’ उनले भने, ‘अब केहीँ समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइनस होइन । इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’

इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले बताए । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले भनाइ छ ।

एकमहिना भित्र इथानोलको मूल्य तोक्छौं : मन्त्री भण्डारी

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा सरकार धेरै अघि बढिसकेको बताउँदै मूल्य निर्धारणको काम मात्र बाँकी रहेको बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं’ मन्त्री भण्डारीले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशनसमेत गरिसकेको उनले बताए ।

कार्यक्रममा निगमका तर्फबाट केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्न सकिने दृष्टान्तसहितको कार्यपत्र प्रस्तुत गरेकी छिन् ।

२०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेकाले यो सम्भव भएको समेत बताइन् ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्याउछ’ उनले भनिन्, ‘यसो भए देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउन मद्दत पुग्छ ।ʼ

कार्यपत्र प्रस्तुत गर्दै महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत पेट्रोलियम पदार्थमा १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनले बताइन् ।

इथानोल मिश्रणको सन्दर्भमा अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको अवस्थामा नेपालले पनि यसमा जान सक्ने उनले बताइन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img