बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १८ गते नयाँ बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १४.७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको सभामा आर्थिक वर्ष २०८० /८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन गायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्ने प्रस्ताव पेश हुने छन् ।
त्यस्तै संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजी चार करोड पन्चानब्बे लाखको १४.७४ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृत प्रदान गर्ने प्रस्ताव पेश हुने छ। कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८१ को लागि कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेश हुने छ। सभामा संचालक नियुक्नति अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुने छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ।
यस कम्पनीमा ७ वाणिज्य बैंक सहित एक दर्जन बढी वित्तीय संस्थाहरुको लगानी रहेको छ ।









