Friday, September 4, 2026
spot_img

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

spot_img

माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २० गते बेलुका ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४ सय ४० रुपैयाँ नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज १४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...