Tuesday, August 25, 2026
spot_img
spot_img

अझै बैंक नपुगेको एक मात्र पालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने

spot_img

स्थानीय तह स्थापना भएको सात वर्ष बितिसक्दा पनि बैंक स्थापना नभएको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने भएको छ । चालु आर्थिक बर्ष २०८०–८१ भित्र नै एभरेष्ट बैंकको शाखा स्थापना गर्ने तयारी गरेको हो ।

गत साता साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधिको उपस्थितिमा   छलफल भएको थियो। हल्फ्ला पछि यसै आर्थिक वर्षमा शाखा खोल्ने सहमति भएको हो ।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बैंक नभएको एक मात्रै पालिका साइपाल हो । त्यहाँ शाखा खुलाउनको लागि राष्ट्र बैंक र एभरेष्ट बैंक सम्मलित टोलीले अध्ययन गरेको थियो। बैंक स्थापना गर्न सकिने/नसकिने बारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेस्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...