Monday, April 20, 2026
spot_img
spot_img

घरजग्गा व्यवसायीले भने, ‘नदीको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला कार्यान्वयन गर्न सकिँदैन’

spot_img
spot_img

नेपाल जग्गा तथा आवास विकास महासंघले सर्वोच्च अदालतबाट भएको फैसलामा नदीको मापदण्डसम्बन्धि व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको छ । गत पौष ३ गते सर्वोच्चबाट भएको फैसलाले नदीको हाल कायम मापदण्डमा २० मिटर थप गरेर नयाँ मापदण्ड कायम गरि त्यस स्थानमा संरचना बनाउन नदिन परमादेश दिएको थियो । यस परमादेशको कार्यान्वयन सम्भव नरहेको महासंघले जनाएको हो ।

सर्वोच्चले त्यस्तो स्थानमा बनाइएका संरचनाको मुआब्जा दिएर सरकारले अधिग्रहण गर्नुपर्नेसमेत भनेपछि महासंघले कार्यान्वयन जटिल र असम्भव रहेको जनाएको हो । सर्वोच्चको उक्त फैसला लगत्तै काठमाडौँ महानगरपालिकाले निर्माण निषेधित क्षेत्र भनेर सूचना नै प्रकाशित गरेको छ । उक्त सूचना प्रकाशित भएपछि राजीनितक नेतृत्व र कार्यकर्ताहरु नै विभाजित भएका छन् ।

अहिले भूमी व्यवस्था मन्त्रालयले यसको पुनरावलोकनको तयारी गरिरहेको छ । यसै बेला महासंघले पनि उक्त फैसलाबाट जनता र व्यवसायी प्रभावित हुने जनाएको हो ।

‘सम्मानित सर्वोच्च अदालतले मिति २०८०/०९/०३ गतेको फैसला बमोजिम काठमाडौँ उपत्यकाका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा बनेका संरचना हटाउन गरेको आदेश अनुसार काठमाडौँ महानगरपालिकाले सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णय गरेकाले यसबाट लाखौँ जनता एवम् घरजग्गा व्यवसायीसमेत प्रभावित हुने हुँदा सो प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघले सर्वोच्चको फैसला कार्यान्वयन भए लाखौँ जनता प्रभावित हुने समेत जिकिर गरेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार...

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...
spot_img