Friday, May 8, 2026
spot_img

नयाँ सरकार बनेपछि बजार चलायमान हुन थालेको छः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा क्रमशः सुधार देखिँदा समग्र बजार चलायमान हुन थालेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका हुन् ।

अहिले स्पष्ट रुपमा देखिन थालेका अर्थतन्त्र सुधारका संकेतहरुलाई अवसरका रुपमा सदुपयोग गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले यसका लागि स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको पनि बताएका छन् ।

‘अहिले सेयर बजारमा उत्साह छ, घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको छ, कर्जाको मागमा पनि सुधार हुँदैछ’ उनले भने, ‘पर्यटक आगमन बढिरहेको छ, रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च छ, विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा छ । यो हाम्रा लागि अवसर हो, यसको सदुपयोग गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक छ ।’

अध्यक्ष ढकालले पर्यटक आकर्षित गर्न पोखरा तथा भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत पनि गरेका छन् ।

सरकारले आर्थिक सुधारका लागि उच्च स्तरीय आयोग बनाउन लागेको भन्दै यसलाई स्वागत गर्दै उनले महासंघले विगतदेखि नै आर्थिक सुधार आयोगको प्रस्ताव गर्दै आएको स्मरण पनि गराए ।

अध्यक्ष ढकालले कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गरेका छन् । उद्योग व्यवसायले खपत गर्ने विद्युतलाई कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन पनि अध्यक्ष ढकालले माग गरेका छन् ।

निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएको उल्लेख गर्दै अध्यक्ष ढकालले अख्तियारको कार्यक्षेत्र भित्र तान्न पर्ने अवस्था नरहेको धारणा राख्दै निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुने प्रष्ट पारे ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...
spot_img