Friday, May 8, 2026
spot_img

आज क्वाँटी खाने दिनः वर्षमा २१ अर्बको गेडागुडी विदेशबाट आउँछ

spot_img
spot_img

आज जनै पूर्णिमा । नेपाली समाजमा चाडबाडको सिजन सुरुवात भएको जनाउ दिने पर्व । त्यसो त, यसअघि नै पर्ने नाग पञ्चमीबाटै चाडबाडको सिजन सुरु हुने भएपनि जनैपूर्णिमा लगत्तै हरितालिका तीज र त्यस लगत्तै दशैँ तिहारको वहार सुरु हुने भएकाले जनैपूर्णिमालाई चाडबाडको सिजन सुरु भएको जनाउ दिने पर्व मानिन्छ ।

जनैपूर्णिमाका दिन जनै र रक्षाबन्धन बाँध्ने चलन छ । तराई मधेशमा राखी बाँध्ने परम्परा छ । आजकै दिन क्वाँटी खाने प्रचलन पनि छ । विभिन्न ९ प्रकारका गेडागुडीलाई भिजाएर टुसा उमारेर क्वाँटी बनाएर खाने चलन रहँदै आएको छ ।

गाउँ घरमा आफैँले फलाएका मस्याङ, चना, बोडी लगायतका गेडागुडी मिसाएर क्वाँटी खाने चलन छ । उत्पादन हुनले ९ थरीकै गेडागुडी मिसाउँछन्, नहुने जे छ त्यसैका टुसा उमारेर खान्छन् । अहिले खेती गरेर आफैँले उत्पादन गरेका गेडागुडीको क्वाँटी खाने भन्दा पनि किनेर खाने चलन बढेको छ । यतिसम्म की, हाम्रो चाडपर्व र परम्परा धान्न पनि विदेशबाटै गेडागुडी आयात भइरहेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न देशबाट २१ अर्ब ४ करोड १८ लाख मूल्यको २ लाख १९ हजार १७७ टन गेडागुडी नेपालमा आयात भएको छ । नेपालीहरुले जनैपूर्णिमाका दिन खाने क्वाँटी बनाउन प्रयोग गर्ने सबै गेडागुडी यसभित्र पर्छन् ।

मास, भटमास, मुँंगी, मस्याङ, चना, ठूलो केराउ, बोडी, सिमी र टाटे सिमी क्वाँटीमा मिसाइन्छ । क्वाँटी बनाउन प्रयोग गरिने ९ थरी गेडागुडीमध्ये नेपाल कुनैपनि गेडागुडीमा आत्मनिर्भर छैन । यसकारण सबै गेडागुडी विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ । यतिसम्म की, नेपालको आन्तरिक उत्पादनले मागको १ प्रतिशत पनि नधान्ने कृषि मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

भन्सार विभागका अनुसार अधिकांश गेडागुडी क्यानाडा, अष्ट्रेलिया र म्यानमारबाट आयात भएको देखिन्छ । अझ रोचक कुरा के छ भने, खाडीका देश साउदी कतारबाट समेत गेडागुडी आउँछ । यी बाहेक भारत, चीन, रुस, अमेरिका, युक्रेन, अर्जेन्टिना, टर्कीलगायतका देशबाट पनि विभिन्न खालका गेडागुडी भित्रिन्छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...
spot_img