Tuesday, March 10, 2026

चुक्ता पुँजी ३२ अर्ब पुऱ्याउँदै नबिल बैंक, विशेष साधारणसभा आह्वान

spot_img
spot_img

नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ। बैंकले भदौ १७ गते अनलाइन माध्यमबाट सम्पन्न गर्ने गरि  विशेष साधारणसभा बोलाएको हो।

बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष साधारणसभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ।

बैंकले विशेष साधारणसभा प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

१) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम देहाय बमोजिमको व्यवस्था तथा शर्तहरू सहित प्रति शेयर रू. १०० का दरले रू. ५ अर्ब रूपैयाँ बराबरको “ नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” सम्बन्धित नियमनकारी निकायको स्विकृति पश्चात् जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२) बैंकको अधिकृत पूँजी रू.२८,००,००,००,००० / /- (अक्षरेपी रू. अठ्ठाईस अर्ब मात्र) रहेकोमा अग्राधिकार शेयर जारी गरे पश्चात् अधिकृत पूँजी रू. ३३,००,००,००,०००/- (अक्षरेपी तेत्तीस अर्ब रूपैयाँ मात्र) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।

३) बैंकको जारी तथा चुक्ता पूँजी रू.२७,०५,६९,९६,७२९/२६ (अक्षरेपी सत्ताईस अर्ब पाँच करोड उनन्सत्तरी लाख छयान्नब्बे हजार सात सय उनन्तीस रूपैयाँ छब्बीस पैसा मात्र) रहेकोमा अग्राधिकार शेयर जारी गरे पश्चात् जारी तथा चुक्ता पूँजी रू.३२,०५,६९,९६,७२९ / २६ (अक्षरेपी बत्तीस अर्ब पाँच करोड उनन्सत्तरी लाख छयान्नब्बे हजार सात सय उनन्तीस रूपैयाँ छब्बीस पैसा मात्र) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।

४) प्रबन्धपत्रको दफा ४ (२९), दफा ५ को (१), (२), (३) तथा दफा ६ को (१) र (२) र नियमावलीको नियम ५ र २४ मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

५) प्रबन्धपत्र र नियमावलीमा संशोधन, अग्राधिकार शेयर जारी / दर्ता / सूचीकरण गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरू स्वीकृतीको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट कुनै विषय, शर्तहरू लगायतमा संशोधन / फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रो र सानीगड हाइड्रोले पाए आईपीओ निष्काशन अनुमति

कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको...

रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

अर्थ मन्त्री रामेश्वर खनालले आफुलाई सरकारले दिएको रातो पासपोर्ट...

‘रास्वपा सरकारबाट स्थिर आर्थिक नीतिको अपेक्षा छ, सहकार्य गर्न उत्साहित छौँ’ (अन्तरवार्ता)

फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम...

७६ सय जनाले मात्र पाए आईसीएफसी फाइनान्सको ऋणपत्र

आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला...

समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत...
spot_img