Wednesday, June 24, 2026
spot_img

दोब्बर बढ्यो हिमालयन रि-इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

spot_img
spot_img

निजी क्षेत्रको रि–इन्स्योरेन्स कम्पनी हिमालयन रि–इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले कमाएको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा करिब दोब्बर हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी ८२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा खुद प्रिमियम आम्दानी २ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

प्रिमियमसहित कुल आम्दानी गत आर्थिक वर्षमा ६ अर्ब ६२ करोड छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७ प्रतिशत बढी हो ।

कम्पनीको कुल खर्च पनि ५५ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड पुगेको छ ।

नाफा बढेपछि यस कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर आम्दानी ९.२८ रुपैयाँ रहेकोमा अहिले १२.३४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ ।

दोस्रो बजारमा मंगलबारको कारोबारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img