Wednesday, June 24, 2026
spot_img

एचआईडीसीएलको नाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

spot_img
spot_img

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्म कम्पनीले १ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ।

कम्पनीको वित्तीय आम्दानी भने ३.०४ प्रतिशतले घटेर २ अर्ब ८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ भने लाभांश आम्दानी १९.३७ प्रतिशतले घटेर १ करोड ७ लाख कायम भएको छ ।

कम्पनीको अन्य आम्दानी भने १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img