Friday, September 4, 2026
spot_img

बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर

spot_img

बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान 9N-AOS  कलसाइन भएको उक्त जहाजले काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडान भरेको थियो ।

बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो । त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्नुका साथै रंगरंगोनका काम सम्पन्न गर्न करिब एक महिना लागेको थियो ।

यस एटीआर ७२–६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित छ ।

क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक रुपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ । जहाजमा RNP-AR नेभिगेशन प्रणालीसमेत जडान गरिएको छ, जसले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्था पनि उडान तथा अवतरणलाई थप सहज बनाउँछ ।

यात्रुको सिट, ओभरहेडबिन पहिलेको सिरिजभन्दा ठूलो रहेको छ । जहाजभित्रको बनाबट सुधारिएको हुँदा ध्वनि प्रदुषण पहिलाको सिरिजभन्दा निकै कम हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

बुध्द एयरले केही समयभित्र थप एक अर्को एटीआर–७२–६०० सिरिजका जहाज भित्र्याउन तयारी गरेको छ । बुध्द एयरसँग १४ वटा एटिआर–७२–५०० एवं १ वटा एटिआर–७२–६०० जहाजहरु रहेका छन् । बुध्द एयरले विगत यता २ वटा एटीआर जहाजहरु उडानबाट विदाई गरिसकेको छ । त्यसैगरि एउटा एटीआर ४२–३२० जहाजको थोरै उडान साईकल हुँदा Part-out का लागि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।

हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयरले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको हो । थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुढृढ बनाउने कम्पनीले जनाएको छ ।

बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकोता साताको ४ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

‘राजमार्ग सहज नहुँदा दशैं, तिहार र छठपूजासम्म सस्तो भाडादर’

भदौ १० मा रसुवामा आएको भीषण बाढीका कारण राजमार्गलगायत सडक पूर्वाधारमा क्षति पुगेपछि विभिन्न सडक आवागमन प्रभावित भएको छ । सडक आवागमन सहज नहुँदासम्म बुध्द एयरले न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

उनका अनुसार उक्त भाडादर नेपालीहरुका प्रमुख चाडपर्व दशैं, तिहार तथा छठसम्म कायम रहनेछ । ‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो’, कार्यकारी अध्यक्ष बस्नेतले भने ‘यसैकारण राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौं । बस्नेतका अनुसार सस्तो भाडादरमा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने निश्चित छ । तर राष्ट्रलाई आवश्यकता परेको अवस्थामा यस्तो कदम चाल्नु पर्ने आफ्नो दायित्व भएको उनको भनाइ छ । ‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला । भोलिको बिहानी फेरि सुनौलो भइहाल्छ,’ बस्नेतले भने, ‘अहिलेको परिस्थितिमा हामी सबै हृदयदेखि नै योगदान गर्नुपर्छ ।’

हवाई उडानको कूल सञ्चालन खर्चमा हवाई इन्धनको लगभग ३५ देखि ४० प्रतिशत हुन आउँछ । पछिल्लो ७ महिनायता हवाई इन्धनको मूल्यवृद्धि लगभग शतप्रतिशत नै बढेको छ । हवाई इन्धनको मूल्य कम र स्थिर हुँदा एयरलाईन्सहरुले कम भाडादरमै सेवा दिन सक्छन् ।

मौसम प्रतिकूलता तथा एयर ट्राफिकका कारण उडानमा केही ढिलाइ हुनसक्ने भएपनि यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउन बुध्द एयर प्रतिबद्ध रहेको बस्नेतले बताएका छन् ।

राहत सामग्रीको निःशुल्क हवाई ढुवानी

बुध्द एयरले विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निःशुल्क ढुवानी गरेको छ । अहिलेसम्म उसले ७ हजार ३ सय २२ केजी निःशुल्क ढुवानी गरि सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिसकेको छ । भद्रपुरबाट १०५ केजी, भरतपुरबाट २१८८ केजी, सुर्खेतबाट १२० केजी, धनगढीबाट १६६५ केजी, विराटनगरबाट २७२ केजी राहत सामग्रीको ढुवानी गरेको छ । त्यसैगरि भैरहवाबाट २०४८ केजी, सिमरा, पोखराबाट ७५५ केजी र नेपालगञ्जबाट २६ केजी राहत सामग्री ढुवानी गरेको बुध्द एयरले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी...

NVIDIA का सीइओद्वारा नेपाललाई डेढ अर्ब सहयोग

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भोटेकोशी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपद्वारा ५० लाख १ हजार सहयोग

एसटीसी ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा...

गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...

नबिल इन्भेष्टमेन्टको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडले संचालन गरेको २ वटा म्युचुअल...