त्रिशूली थ्री एको सुरुङबाट दुइ जनाको जीवितै उद्धार गरिएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको हो ।
शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा उक्त आयोजनामा कार्यरत थिए । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ ।









