Friday, September 4, 2026
spot_img

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १५ लाख सहयोग

spot_img

एनएमबि क्यापिटलले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग गरेको छ ।

साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।

विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटलले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

ह्याप्पी इनर्जी लिमिटेडद्वारा २० लाख रुपैयाँ सहयोग

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०...

नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी...