आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५१ रुपैयाँ तोकिएको छ ।









