Thursday, September 3, 2026
spot_img

अपर त्रिशुली १ का ५५७ जना अझै सम्पर्कविहिन, ११५ जना हेडवर्क्स र सुरुङमै फसेको अनुमान

spot_img

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीले आयोजनाका ५५७ जना अझै हराईरहेको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस जानकारी दिएको हो ।

कम्पनीका अनुसार भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाको आमाछोदिब्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका– १ मा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा समेत ठूलो धनजनको क्षति पुगेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

कम्पनीका अनुसार आयोजनामा प्रवद्र्धक कम्पनीसँगै परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्ट , इन्जिनियरिङ्ग, खरिद तथा निर्माण कार्यको निर्माण व्यवसायी कोरियन कम्पनी डुसान र उसबाट नियुक्त सिभिलतर्फको सब–कन्ट्रयाक्टर पावर चाइना तथा इलेक्ट्रोमेकानिकलतर्फको एन्ड्रिज हाइड्रो लगायतका कम्पनीका नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिकसमेत गरी करिब १४३३ जना जनशक्ति आयोजनास्थलमा कार्यरत रहेको अवस्था थियो ।

त्यसमध्ये प्रवद्र्धकतर्फबाट २७ जना, परामार्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्टकातर्फबाट २० जना, मुख्य निर्माण ठेकेदार डुसान कातर्फबाट ७८ ,मुख्य सिभिल सहायक ठेकेदार पावर चाइनकातर्फबाट १०६९ जना र इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोकातर्फबाट २३९ जना आयोजनामा स्थलमा कार्यरत थिए । यसमा प्रबर्दक कम्पनीका १५ जना, परामार्शदाता जेड कन्सल्टका ७ जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना, मुख्य सिभिल सहायक ठेकेदार पावर चाइनाका ३८५ जना र हाइडृो मेकानिकल तथा इलेक्टृो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन रहेको अवस्था रहेको छ ।

कम्पनीका अनुसार बाढीका कारण हालसम्म आयोजनामा कार्यरत करिब ५५७ जना सम्पर्क विहिन रहेको र ८७६ जना उद्धार गरिएको, प्रारम्भिक विवरण रहेको छ । सम्पर्कविहीन रहेकामध्ये करिब ११५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुबभित्र फसेको आशंका गरिएको छ ।

अत्यन्त विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुबभित्रको जोखिम तथा थप पहिरोको सम्भावना, प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको कम्पनीले जनाएको छ। कम्पनीले आफैं तथा सरकारका सम्बन्धित निकायहरुसँगको समन्वयमा उपलब्ध सबै स्रोत, साधन, प्रविधि तथा दक्ष जनशक्ति परिचालन गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखी निरन्तरता दिएको जनाएको छ।

कम्पनीका अनुसार खोजी तथा उद्धार कार्यका लागि कम्पनीको प्रयासमा कोरियाबाट विज्ञ एवम् उपकरणहरुसहित नेपाल ल्याई आयोजनास्थलमा परिचालन गरिएको छ । यसबाहेक आयोजना निर्माणमा खटिएका परामर्शदाता जेड कन्सल्ट, डुसान, पावर चाइना र एन्ड्रिज हाइड्रोले पनि आ—आफ्नोतर्फबाट सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार गरिरहेका छन् ।

कम्पनीका अनुसार सम्पर्कविहीन व्यक्तिका परिवारसँग आयोजनाले नियमित सम्पर्क कायम राखेको छ । परिवारबाट प्राप्त सूचना तथा उद्घार गरिएका र्कमचारीले दिएको सुचना तथा विवरणका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार तथा खोजीमा परिचालित टोलीलाई जानकारी गराउने व्यवस्था मिलाइएको छ । परिवारजनलाई आवश्यक परामर्श तथा मनोसामाजिक सहयोगसमेत निरन्तर उपलब्ध गराउने प्रयास भइरहेको छ । खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले बनाएको वार रुम बैठकमा कम्पनीकातर्फबाट सहभागिता जनाई अवस्था जानकारी गराउँदै आइएको छ । उद्धारका लागि आवश्यक उपकरण, सामग्री तथा दक्ष जनशक्ति तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अनुमति तथा व्यवस्थापनलाई फास्ट–ट्रयाक प्रक्रियामार्फत अघि बढाइएको छ । त्यस्तै, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाली सेना,नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिकाहरुलगायतसँग निरन्तर समन्वय गरी स्थल तथा हवाई उद्धारका लागि आवश्यक व्यवस्था मिलाउने कार्य भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली, उपकरण तथा आवश्यक सामग्री पु र्याउन हवाई तथा स्थलमार्ग दुवै विकल्पलाई निरन्तर उपयोग गर्ने तयारी गरिएको छ ।

कम्पनीले उद्धार तथा खोजीमा उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्ति परिचालन गरी सरकारका निकायहरुसँगको समन्वय र सहकार्यमा हराइरहेका आफन्तजनको सकुशल उद्धार हुने आशासहित कम्पनीले निरन्तर प्रयास गरिरहेको जनाएको छ । उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेकाले यस कठिन र पीडादायी घडीमा हराइरहेका व्यक्तिका परिवारजन तथा आफन्तहरूलाई धैर्यधारण गरिदिन कम्पनीले अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...

भदौ २३ गते जेन् जी शहीद दिवस

बिहिबारको मन्त्रिपरिषद बैठकले विभिन्न ७ मुख्य निर्णय गरेको छ...

भदौ २२ गते राष्ट्रिय शोक

सरकारले भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने...

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १५ लाख सहयोग

एनएमबि क्यापिटलले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको...