Thursday, September 3, 2026
spot_img

मञ्जुश्री फाईनान्सद्वारा ३० लाख सहयोग

spot_img

मञ्जुश्री फाईनान्स लिमिटेडले २०८३ भदौ १० गते भोटेकोशीमा आएको भीषण प्राकृतिक विपद घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु ३० लाख सहयोग हस्तान्तरण गरेको छ ।

प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले मञ्जुश्री फाईनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो सहयोग प्रदान गरेको हो ।

भोटेकोशी तथा त्रिशुली नदिमा आएको भीषण बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन तथा विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै फाईनान्सले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको मञ्जुश्री फाईनान्सले जनाएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...

भदौ २३ गते जेन् जी शहीद दिवस

बिहिबारको मन्त्रिपरिषद बैठकले विभिन्न ७ मुख्य निर्णय गरेको छ...

भदौ २२ गते राष्ट्रिय शोक

सरकारले भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने...

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १५ लाख सहयोग

एनएमबि क्यापिटलले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको...