लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश घोषणा गरेको हो ।
जस अनुसार सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई ४.५ (चार दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई १२.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि घोषणा गर्ने छ।









