Monday, August 24, 2026
spot_img
spot_img

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

spot_img

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो । कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी र अटोमोबाइल्स प्रेमीहरुका बीचमा औपचारिक रुपमा स्काईवेलको लोगो अनावरण गरेका छन् ।

कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ ।

यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा 800V हाई-भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ।

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९८ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ ।

५ सिट क्षमताको यो ईभीको वारेन्टी र मूल्य लगायतका विषय भने औपचारिक रुपमा गाडी सार्वजनिक गर्दा जानकारी गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आक्रामक मूल्यमा यो ईभी सार्वजनिक हुनेछ ।

नाडा अटो शोमा कम्पनीको स्टल ‘एच१९’ रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...
spot_img