Tuesday, August 25, 2026
spot_img
spot_img

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

spot_img

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका गहनामा विशेष अफर सार्वजनिक गरेको छ।जस अनुसार डायमण्ड मेगा अफरअन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशत छुट हुने ज्वेलरीले जनाएको छ।

यी डायमण्ड गहनाको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। जसमा रिंग, इयररिंग, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस र नोजपिनलगायतका गहना उपलब्ध छन्।

ज्वेलरीका अनुसार ४० हजार रुपैयाँभन्दा माथिको तोकिएका डायमण्ड गहना खरिद गर्दा स्क्र्याच कुपन पाउन सकिन्छ। जसमा अधिकतम २ लाख रुपैयाँसम्म क्यासब्याक, निःशुल्क नेचुरल डायमण्ड नेकलेस सेट वा १ केजी सिल्भर बार जित्ने मौका छ।

सुनका गहना अन्तर्गत मेकिङ चार्ज ५.९९ प्रतिशतबाट सुरु हुने ज्वेलरीले जनाएको छ। १५ तोलाको ब्राइडल ज्वेलरी सेट खरिद गर्दा डायमण्ड रिंग निःशुल्क पाउनेछन् । तोकिएका २२ केरेट पोला रिंगमा ज्याला र जर्ती शुल्क लाग्ने छैन।

सिल्भर विशेष अफरमा सीमित रेडिमेड सिल्भर गहनामा ज्याला र जर्ती निःशुल्क रहेको  छ। सिल्भर रोडियम गहनामा ५० प्रतिशतसम्म र सिल्भर भाँडाकुँडाको मेकिङ चार्जमा ५० प्रतिशत छुट दिइएको छ। ज्वेलरीका अनुसार सिल्भर गहना ६ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। ७ लाख रुपैयाँको सिल्भर तथा डायमण्ड खरिदमा ५ ग्रामको सिल्भर सिक्का निःशुल्क दिईने छ।

कपल सेलिब्रेसन विशेषअन्तर्गत १ लाख ५० हजार रुपैयाँको सिल्भर वा डायमण्ड गहना खरिद गर्दा रोमान्टिक डिनर भाउचर पाउन सकिन्छ। जसमा ईएमआई सुविधा पनि उपलब्ध छ।

अफर सीमित अवधिको र स्टक सीमित रहेको कम्पनीले जनाएको छ। इच्छुक ग्राहकले सामाजिक संजालमा ‘OFFER’ लेखेर जवाफ पठाएमा पछिल्ला डिजाइन, मूल्य र लागू हुने अफरको विवरण पठाईने ज्वेलरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...