Friday, August 14, 2026
spot_img

१०६ प्रतिशतले बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको नाफा, ईपीएस ७.८२ रुपैयाँ

spot_img

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १०६.६३ प्रतिशतले ३९ करोड ८ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ९१ लाख खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड पुगेको छ। कम्पनीको कुल आम्दानी २१.५९ प्रतिशतले बढेर ११ अर्ब १८ करोड पुगेको छ। कम्पनीको खुद दाबी भुक्तानी  भुक्तानी २७.६९ प्रतिशतले बढेर ८ अर्ब ९१ करोड पुगेको छ । कम्पनीको कुल खर्च २४.८० प्रतिशतले बढेर १० अर्ब ७९ करोड पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ।

५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ती कोषमा २६ करोड ९४ लाख रहेको छ। त्यस्तै शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...

SOPPAN Holds Cordial Talks with New ERC Chairman on Solar Power Sector Reforms

The Solar Power Producers Association Nepal (SOPPAN), led by...
spot_img