गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २१ करोड ९४ लाख खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १२ करोड १४ लाख खुद घाटामा थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९ करोड ५० लाखबाट ३१ करोड ३३ लाख पुगेको छ। यस अवधिमा कम्पनीको २७ करोड ५७ लाख इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । सो संगै कम्पनी नाफामा गएको हो।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६६.३२ रुपैयाँ रहेको छ।
८६ करोड ७९ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ।









